काठमाडौं । हालै देशका विभिन्न भूभागमा आएको विनाशकारी बाढीका कारण अमूल्य जीवन गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अपि पावर ग्रुपले गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, आफन्त गुमाएका शोकसन्तप्त परिवारजनप्रति कम्पनीले सहानुभूति तथा समवेदना प्रकट गरेको छ ।
प्राकृतिक विपत्तिले निम्त्याएको यस कठिन समयमा नागरिकको जीवन रक्षा, राहत तथा पुनर्स्थापनाका कार्यमा टेवा पुर्याउनु सबैको कर्तव्य हो भन्दै कम्पनीले मानवीय दायित्वलाई बोध गर्दै नेपाल सरकारको राहत कोषमार्फत ३५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
कम्पनीको यो प्रयासले संकटमा परेका परिवारहरूलाई तत्काल राहत र पुनःजीवनको आधार खडा गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छ ।












