IME Life New

एयर इण्डियाको विमान दुर्घटनाको बीमा दाबी झण्डै साढे रू ६४ अर्ब नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अहमदाबादमा विहीबार भएको विमान दुर्घटनाबाट झण्डै ४० अर्ब भारतीय रूपैयाँ(६४ अर्ब रूपैयाँ) बराबरको दाबी पर्ने भारतीय पुनर्बीमक जिआइसी रिले जानकारी दिएको छ।

यो क्षतिपूर्ती दाबी भारतीय पुनर्बीमा उद्योगका लागि विमान दुर्घटनावापतको ठूलोमध्येको एक हो।

Esewa
Crest

भारतीय वायू सेवा कम्पनी एयर इण्डियाको एआइ १७१ बोइङ ड्रिमलाइनर विमान दुर्घटना हुँदा विमानमा सवार २४१ यात्रु सहित २७० जनाको मृत्यु भएको थियो।

लन्डनका सर्वेक्षक र वकिलहरू अब अहमदाबादमा विनाशको मूल्याङ्कन गर्न, जहा र यात्रु दायीत्व सहित विभिन्न क्षति रिपोर्टहरू तयार गर्न क्याम्पिङ गरिरहेका छन् । विमानमा सवार यात्रुमध्ये विदेशीको संख्या समेत उल्लेख्य भएकाले विमान क्षतिको दाबी भन्दा यात्रु दायीत्व दाबी विमान दाबीको करिब तीन गुणा हुनेछ।

प्रारम्भिक अनुमान अनुसार, जहाजको पुनर्बीमा कम्पनीलाई ८ करोड अमेरिकी डलर क्षति हुनेछ। इन्जिनको लागि थप ४० करोड डलर खर्च हुनेछ। तर विमान यात्रु र  दुर्घटनास्थलमा ज्यान गुमाएका व्यक्तिहरूको लागि कुल दायीत्व बीमा, जसको संख्या अहिलेसम्म लगभग २७० छ, लगभग ३५ करोड डलर हुनेछ, जिआइसी रिको स्रोतहरूलाइ उद्घृत गर्दै एशियन इन्स्योरेन्स पोष्टले लेखेको छ। यसमा जिआइसीसहित भारतीय बीमकको हिस्सा जम्मा पाँच प्रतिशत छ।

अन्तिम सम्झौता र कानूनी दाबीको आधारमा पहिले यो अपेक्षा गरिएको थियो कि, विमान र यात्रु दायीत्व जोखिमहरू सहित कुल बीमा भुक्तानी रु १० देखि १६ अर्ब भारू नाघ्न सक्छ।

एयर इन्डियाले अप्रिल १ देखि बहुराष्ट्रिय एआईजीलाई प्रमुख पुनर्बीमकको रूपमा राखेर आफ्नो २० अर्ब डलरको वृहद बीमालेख (जहाजको लागि) १.५ अर्ब अमेरिकी डलरको दायीत्व बीमालेख नवीकरण गरेको थियो। एयर इन्डिया बीमालेखको करिब ९५ प्रतिशत एआईजी, एक्सा र एलियान्जको नेतृत्वमा पुनर्बीमकहरूको समूहद्वारा पुनर्बीमा गरिएको छ।

एशियन इन्स्योरेन्स पोष्टका अनुसार, लन्डनस्थित डाटा र एनालिटिक्स कम्पनी ग्लोबलडेटाका वरिष्ठ बीमा विश्लेषक स्वरूप कुमार साहूले जारी गरेको विज्ञप्तिमा, “दुर्घटनाले बीमा उद्योगलाई २०० मिलियन डलरभन्दा बढीको क्षति हुने अनुमान गरिएको छ, जसमा विमानको मूल्य ७५ मिलियन देखि ८० मिलियन सम्म छ, र मोन्ट्रियल कन्भेन्सन र घरेलु कानून अन्तर्गत यात्रु प्रतिको दायीत्व जोखिम पनि समावेश छ,” भन्ने टिप्पणी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS