IME Life New

चार महिनापछि स्वास्थ्य बीमा बोर्डले पायो कार्यकारी निर्देशक, रघुराज काफ्ले नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा ४ महिनादेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा डा रघुराज काफ्ले नियुक्त भएका छन्।

डा दामोदर बसौलाको कार्यकारी निर्देशकको कार्यकाल गत कात्तिक २५ गतेबाट पूरा भएको थियो। सरकारले रिक्त कार्यकारी निर्देशकको पदमा काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

Esewa
Crest

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित सिफारिस समितिले कार्यकारी निर्देशकमा तनहुँको व्यास–५ का काफ्लेसहित दाङको घोराही–१५ का कमल पन्थी र काठमाडौंको काठमाडौं–४ का डा कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषदको बैठकले काफ्लेलाई बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

समितिले माघ २४ गते एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियोे। समितिले प्राप्त दरखास्तका आधारमा १० जनाको उम्मेदवारको फागुन १९ गते लोकसेवा आयोगमा लिएको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको थियो। त्यसपछि तीमध्ये ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको हो।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका काफ्ले यसअघि स्वास्थ्य मन्त्रालयले गठन गरेको बीमा सुझाव कार्यदलमा सदस्य थिए। वैदेशिक रोजगार बोर्डको कार्यकारीको भूमिका निर्वाह गरेका उनी गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष पनि थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS