काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सीईओमा दिनेशलाल श्रेष्ठ नियुक्त हुने भएका छन् । श्रेष्ठलाई सोमबार बीमा समितिले सीईओ बन्नको लागि स्वीकृती दिएको समिति स्रोतले जनाएको छ । माघ १ गते देखि लागु हुने गरि ४ वर्षे कार्यकालको लागि श्रेष्ठ सीईओ नियुक्त भएका हुन्।
एशियन लाइफका पूर्व संचालक समेत रहेका श्रेष्ठलाई सीईओ बनाउनका लागि बीमा समितिमा तीन साताअघिनै संचालक समितिले सिफारिस गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रुपमा कार्यरत छन् ।
राजेश कुमार श्रेष्ठको कार्यकाल सकिएपछि होमबहादुर श्रेष्ठले निमित्त सीईओको जिम्मेवारी सम्हाली रहेका छन् । नव नियुक्त सीईओ श्रेष्ठले माघ १ गते देखि कार्यभार सम्हाल्ने छन्।