काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेप्से ५६ दशमलव ७२ अंकले बढेर २०६७ दशमलव १७ को विन्दुमा कायम भएको छ।आज हाइड्रोपावर बाहेक अन्य उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफको ७४ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको ४६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
प्राइम लाइफको शेयर १० प्रतिशतका बढेको छ भने ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले बढेको छ ।लिवर्टी इनर्जीको शेयर ५ दशमलव ७९ प्रतिशतले घटेको छ भने युनिलिभरका लगानीकर्ताले ४ दशमलव ९५ प्रतिशतले घटेको छ।