काठमाडौं । बैंक अफ काठमान्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ईच्छुक लगानीकर्ताले आज कार्यालसमयावधिभित्र यसमा आवेदन दिन पाउनेछन् ।
बैंकले मंसिर २४ गतेदेखि १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।
जसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि खुला गरेको हो । बाँकी ९ लाख ६० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर पाइनेछ ।
बैंकले १० वर्ष अवधिको ‘बीओके डिबेन्चर–२०८६’ जारी गरेको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ रहेको छ ।बैंकको ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।