Connect IPS
IME Life

आरएसडीसी लघुवित्तको साधारणसभा पुस २४ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएसडीसी लघुवित्तले पुस २४ गते साधारण सभा बोलाएको छ । लघुवित्तको उक्त सभा वुटवलमा हुने भएको छ । तर लघुवित्तले आधिकारीक समय भने खुलाइएको छैन । सभामा १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने एजेन्डा पेश हुनेछ ।

कम्पनीले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र ३ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । यसआधारमा यसले ६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, २ करोड ४३ लाख ८६ हजार ८७८ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

Prabhu
Crest

साथै सभामा आ.व २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा रहेको छ । आरएसडीसीले अन्य कुनै वित्तीय संस्थामा गाभ्ने– गाभिने परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पेश गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १० गते बुक क्लोज गर्दैछ । जसमा पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश सुरक्षित गर्न पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS