IME Life New

तीन महिनामा अभिकर्ताले बुझे साढे तीन अर्ब कमिशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासको अन्त्यसम्ममा बीमा अभिकर्ता कमिशनमार्फत ३ अर्ब ५० करोड रुपैयाँ बीमा अभिकर्ता कमिशनमार्फत अभिकर्ताहरुलाई दिएका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमा

बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनमा खर्चिएको छ । कम्पनीले यस अवधिमा ९६ करोड ८६ लाख रुपैयाँ अभिकर्तालाई कमिशन बापत वितरण गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पहिलो त्रैमासको अवधिसम्मा ५४ करोड ३२ लाख रुपैयाँ बीमा अभिकर्ता कमिशनमा खर्चिएको छ ।

Esewa
Crest

तेस्रोमा, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको अभिकर्ता पहिलो त्रैमासको अवधिसम्ममा २९ करोड ८० लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ ।

त्यस्तै, यस अवधिसम्ममा यूनियन लाइफले अभिकर्ता कमिशन मार्फत २९ करोड रुपैयाँ, सूर्या लाइफले २२ करोड रुपैयाँ, सिटिजन लाइफले २१ करोड रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले १९ करोड रुपैयाँ, प्राइम लाइफले १२ करोड रुपैयाँ, मेट लाइफले ११ करोड रुपैयाँ, सूर्या लाइफले ११ करोड २१ लाख रुपैयाँ, गराँस लाइफले १० करोड रुपैयाँ बीमा अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

त्यसैगरी, आइएमई लाइफले १० करोड रुपैयाँ, ज्योति लाइफले ९ करोड रुपैयाँ, रिलायन्स लाइफले ९ करोड रुपैयाँ, रिलायबल लाइफले ७ करोड रुपैयाँ, सरकारी स्वामित्वमा रहेको रािष्ट्रय बीमा संस्थानले ७ करोड रुपैयाँ सन नेपाल लाइफले ७ करोड रुपैयाँ, सानिमा लाइफले ६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ४ करोड रुपैयाँ, प्रभु लाइफले ४ करोड रुपैयाँ बीमा अभिकर्ता कमीशनमा खर्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS