IME Life New

जनउत्थान सामुदायिक लघुवित्तद्वारा फिल्ड कर्मचारीहरुलाई दुई दिने ट्याब्लेट बैंकिङ्ग सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले फिल्ड कर्मचारीहरुलाई दुई दिने ट्याब्लेट बैंकिङ्ग सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । लघुवित्तले यूके.एड., सक्षम वित्तीय पहुँच सँगको सहकार्यमा ट्याब्लेट बैंकिङ्ग सेवा सञ्चालनमा नरहेका बाँकी शाखा कार्यालयहरुमा पनि ट्याब्लेट बैंकिङ्ग सेवा सुचारु गर्ने उदेश्यका साथ १८ वटा शाखा कार्यालयमा कार्यरत शाखा प्रमुख तथा सम्पूर्ण फिल्ड कर्मचारीहरुलाई ट्याब्लेट बैंकिङ्ग सेवासंग सम्बन्धित सैद्धान्तिक तथा ब्यवहारिक विषयमा २र२ दिने अभिमुखिकरण तालिम संसिर १६ देखि २२ गते सम्म रजहर, बुटवल र कोहलपुर गरी ३ वटा छुट्टा छुट्टै स्थानमा संस्थाका अध्यक्ष बावुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन गदै संस्थाका अध्यक्ष बावुराम विश्वकर्माले सम्पूर्ण कर्मचारीहरुलाई सदैव संस्थाको हकहित र लक्ष्य प्राप्तिका लागि संस्थागत सुशासनलाई ख्याल गरी कार्य गर्न सुझाव दिनु भएको थियो ।

Esewa
Crest

साथै ट्याब्लेट बैंकिङ्ग सेवाले कर्मचारीको पेशागत विकास, सदस्यहरुलाई दिइने सेवामा अझ विविधता तथा विस्वस्नियता थपिने तथा संस्थाको सेवाको गुणस्तरमा समेत बृद्धि हुने भएका कारण सेवालाई थप परिष्कृत पार्नका लागि कर्मचारीहरुलाई उत्प्रेरित भई लाग्न सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले संस्थालाई सवल तथा पारदर्शि बनाउनको लागि, संस्थाको कार्यकुशलता तथा उत्पादकत्व बृद्धि गर्न, ग्राहक सदस्यहरुलाई छिटो छरितो र घरदैलोमा उनीहरुको आवश्यकता अनुसारको सेवा प्रदान गर्नकोे लागि संस्थाको कार्यक्षेत्र (फिल्ड) तथा कार्यालयमा हुने कार्यहरुको डिजिटलाईजेशन गर्ने मूल अभिप्रायका साथ संस्थाले हाल आफ्नो कार्य क्षेत्र रहेको १९ वटा जिल्ला अन्तर्गतका ३९ वटै शाखा कार्यालय मार्फत ट्याब्लेट बैंकिङ्ग प्रणालीको माध्यमबाट सेवा प्रारम्भ गर्नलागेको जानकारी दिए ।

ट्याब्लेट बैकिङ्ग कार्यन्वयनको उदेश्य र यसका फाईदा बेफाइदाका विषयमा वरिष्ठ अधिकृत तथा प्रोजेक्ट प्रमुख इन्द्र बराली, ट्याब्लेट बैकिङ्ग सँग सम्बन्धित सैद्धान्तिक तथा ब्यवहारिक विषयहरुमा संस्थाका सूचना प्रबिधि प्रमुख इन्जिनियर प्रकाश भण्डारी र सिनर्जी टेकका सप्टवयर इन्जिनियर सुरेश चन्दले प्रशिक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS