IME Life
GBIME

वैदेशिक रोजगारीमा जाँदा भुक्तानी गर्नुपर्ने बीमा र कल्याणकारी कोषको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । वैदेशीक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ । योसँगै वैदेशीक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सिधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन् । सन नेपाल लाइफ इन्स्योरेन्स्ले जारी गर्ने बैदेशीक रोजगार म्यादी बीमाको इसेवा मार्फत भुक्तानी गर्न सकिन्छ ।

यस्तै कल्याणकारी कोषको रकम व्यक्तिगत र संस्थागत दुबै किसिमको भुक्तानी गर्न सकिन्छ । आफैले वा आफ्नो साथीभाईको मद्दतबाट रोजगारको अवसर खोजी श्रम स्विकृती लिने प्रक्रियामा भएका व्यक्तिले इसेवाबाट व्यक्तिगत रुपमा कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । यसैगरी पहिले रोजगारका लागि विदेश गईसकेको र पुनः सोही ठाउँमा जान भिसा नविकरण गर्ने व्यक्तिले पनि व्यक्तिगत रुपमा अनलाईन फारम भरी इसेवाबाट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ ।

Crest

त्यस्तै,म्यानपावर मार्फत बैदेशिक रोजनकारमा पठाउने मेनपावर कम्पनीले पनि एक मुस्ट कल्याणकारी कोषमा रकम बुझाउन सकिनेछ । जसका लागि कम्पनीले इजाजत प्राप्त गरेको समयमा पाएकोे लट नम्बर प्रयोग गरी पनि इसेवाबाट रकम बुझाउन सकिनेछ ।

इसेवाबाट सिधै बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने भएपछि वैदेशीक रोजगारीमा जाने व्यक्तिको समय र खर्चको बचत हुनेछ । यसअघि कल्णकारी कोष र बीमाको रकम बुझाउन लामो समय लाइनमा बस्नुपर्ने बाध्यता रहिआएको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS