IME Life New

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा पुस ८ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले २३ औं वार्षिक साधारणसभाका लागि पुस ८ गते बोलाएको छ ।कम्पनीको संचालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने सभाले प्रस्ताव पारित गर्नेछ ।

साथै सभामा २१ औं वार्षिक साधारणसभाबाट पारित १ः१ अनुपातमा हकप्रद सेयरमध्ये प्रथम चरणमा काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक स्वपुँजी जुटाउने प्रस्तावित बोनसपछि कायम हुने पुँजीबाट ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ ।

Esewa
Crest

कम्पनीले मंसिर २६ गतेबाट पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसका कारण मंसिर २५ गतेसम्म कायम रहेको शेयर खरिद गर्ने लगानीकर्ताले लाभांश र सभामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS