IME Life New

जीवन बीमालाई लयमा फर्काउने प्रयास, अभिकर्तालाई भौतिक उपस्थितिमै तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो साता देशका विभिन्न भागमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई पुनर्ताजगी कार्यक्रम तथा भौतिक रुपमै उपस्थित भएर तालिम दिन थालेका छन् । कोरोना महामारीबाट घरैमा सीमित भएका अभिकर्ताहरुमा स्फूर्ति जगाउन विभिन्न कम्पनीहरुले भौतिक रुपमै अभिकर्ताहरुलाई तालिम दिन थालेका हुन् ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी कम्पनीले नोभेम्वरको अन्तिम साता मध्य तथा सुदुर पश्चिम क्षेत्रमा तालिम तथा अभिकर्ता पुनर्ताजगी तालिम तीव्र पारेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले धनगढी, पाल्पा, बुटवल, अर्घाखाँची, नवलपरासी लगायतका दर्जन भन्दा बढि स्थानमा अभिकर्ता तालिम भर्खरै सम्पन्न गरेको छ ।

Esewa
Crest

त्यस्तै युनियन लाईफ इन्स्योरेन्स कम्पनीले पनि भौतिक उपस्थितिमा तालिम तथा अभिकर्ता पुनर्ताजगी तालिम दिन थालेको छ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले यही नोभेम्वर २८ मा चितवनस्थित भरतपुरमा दर्जनौं अभिकर्ताहरुलाई भेला पारेर अभिकर्ता तालिम तथा पुनर्ताजगी अभियान सञ्चालन गरेको छ ।

कोभिडबाट त्रसित अवस्थामा रहेको आम मानिसलाई विस्तारै जनजीवन लयमा फर्कदै छ भन्ने सन्देश दिने उद्देश्यले विभिन्न कम्पनीहरुले भौतिक रुपमा उपस्थित गराएर अभिकर्ता–एजेन्सीहरुलाई तालिम दिन थालेका छन् । गत चैत्रदेखि नै जीवन बीमा कम्पनीहरुले डिजिटल रुपमा तालिम सञ्चालन गर्दै आएका थिए ।

डिजिटल प्लेटफर्ममार्फत सञ्चालन गरिएको तालिम प्रभावकारी नै भएपनि थप प्रभावकारी बनाउन केही कम्पनीहरु भौतिक रुपमा उपस्थिती गराएर तालिम गर्न थालेका हुन् । हालै सम्पन्न भएको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन तथा कक्षा १२ को परिक्षाबाट समेत जीवन बीमा कम्पनीहरु प्रभावित भई स्वास्थ्य मापदण्ड पूरा गरी अभिकर्ताहरुलाई तालिम तथा पुनर्ताजगी अभियान चलाउन थालेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS