IME Life New

सिटिजन लाईफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भैरहवा । सिटिजन लाईफ ईन्स्योरेन्सको सिद्धार्थनगर ९,भैरहवा शाखाले मृतकको परिवारलाई बीमा दाबी भुक्तनी गरेको छ । कालगतिले निधन भएकी स्व.सरस्वती लोनियाको छोरा सन्दिप लोेनियालाई मृत्यु दावी भुक्तानी वापत १ लाख २५ हजार को चेक हस्तान्तरण गरिएको जनाएको छ । ५५ वर्षिया लोनियाको यहि मिति २०७७।०५।०७ मा आफ्नै निवासमा निधन भएको थियो ।

तिलोत्तमा न.पा.१३, विसौरिया ,रुपन्देही निवासी स्व.सरस्वती लोनियाले सिटिजन शुभारम्भ योजना अन्र्तगतको १ लाखको १५ वर्षे बीमा योजना खरिद गरि पहिलो किस्ता ५,६३० रुपैयाँ बझाएका थिए ।

Esewa
Crest

सिटिजन लाइफ इन्स्योरेन्स क.लि भैरहवाका एरिया शाखा प्रमुख नरेश सिग्देल, तिलोत्तमा न.पा.वडा नं.१३, का वडाध्यक्ष गणेश न्यौपाने,भैरहवा शाखा प्रमुख गिरिजा खनाल ,भलवारी शाखा प्रमुख रवि काफ्ले लगायतले संयुक्त रुपमा लोनियालाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स क.लि भैरहवा एरिया शाखा प्रमुख नरेश सिग्देल, तिलोत्तमा न.पा.वडा नं.१३, का वडाध्यक्ष गणेश न्यौपाने,भैरहवा शाखा प्रमुख गिरिजा खनाल ,भलवारी रवि काफ्ले एवं एजेन्सी म्यानेजर लगाएतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS