IME Life New

मुक्तिनाथ विकास बैंकद्धारा अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहक महानुभावहरुको समयको महत्वलाई ध्यानमा राखी र कोरोनाको महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी यस्तो सुविधा लइाएको जनाएको छ ।

बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आफ्नो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो ।

Esewa
Crest

यस प्रणाली मार्फत ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइन नै छनौट गरि कर्जा आवेदन दिन सकिने साथै, सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जा स्वीकृति गरिने छ ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS