काठमाडौं । एनआइसी एशिया डाइनमिक डेब्ट फण्ड मंसिर १२ गतेदेखि विक्री खुला हुने भएको छ ।उक्त योजनाले पाँच करोड इकाई निष्काशन गर्न लागेको हो ।
जसमध्ये ७५ लाख इकाई कोष प्रबर्द्धक एनआईसी बैंकले सुरक्षित गरी बाँकी रहेको ४ करोड २५ लाखमध्ये प्रथम चरणमा १ करोड २५ लाख ईकाई विक्री हुन लागेको हो ।यो खुलामुखी योजना छिटोमा मंसिर १६ र उक्त अवधिमा बिक्रि नभएको खण्डमा मंसिर २६ गते सम्म आवेदकले आवेदन गर्न सक्नेछन् ।
आवेदकले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाई र अधिकतम ५० लाख इकाई सम्मका लागि आवेदन गर्न सक्नेछन् ।
योजनाले निष्काशन गर्न लागेको इकाईलाई इक्रा नेपालले इक्राएनपी बिबिबि प्लस रेटिङ प्रदान गरेको छ ।