IME Life New

चार महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे ४० अर्ब बीमाशुल्क, कसको बीमा शुल्क आर्जन कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७७/७८ को कात्तिक मसान्तसम्ममा झण्डै ४० खर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले ३९ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

प्रारम्भिक रुपमा संकलन गरिएको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ११ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्ममा पाँच अर्ब ६५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले कात्तिक मसान्तसम्मा ४ अर्ब ६५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ६१ करोड रुपैयाँ, यूनियन लाइफले २ अर्ब २ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब ५८ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ३४ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब १७ करोड रुपैयाँ, सूर्या लाइफले १ अर्ब १४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, सिटिजन लाइफले ८१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ७२ करोड रुपैयाँ, आइएमई लाइफले ६५ करोड रुपैयाँ, रिलायन्स लाइफले ६१ करोड रुपैयाँ, सन नेपाल लाइफले ५७ करोड रुपैयाँ, सानिमा लाइफले ४७ करोड रुपैयाँ, प्रभु लाइफले ३३ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २४ करोड रुपैयाँ, बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS