IME Life New

गुराँस लाइफ इन्स्योरेन्सका अध्यक्ष दुगड बीमा समिति पुगेर लिए शपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभाबाट नयाँ अध्यक्ष चयन भएका विवेक दुगड हिजो बीमा समितिमा पुगेर पद तथा गोपनियताको सपथ लिएका छन् ।
नवनियुक्त अध्यक्ष दुगडले सोमबार अपरान्ह बीमा समितिमा आयोजित कार्यक्रममा अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । कार्यक्रममा कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थिति रहेको थियो ।
बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा ३ को उपदफा (४) बमोजिम शपथ लिएका हुन् । शपथ लिएर फर्केका दुगडले गुराँस लाईफ इन्स्योरेन्समा फर्केर सोमबार नै कार्यभार सम्हालेका छन् । यही मंसिर ४ गते सम्पन्न कम्पनीको दशौं वार्षिक साधारण सभाबाट दुगड अध्यक्ष चयन भएका हुन् ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS