काठमाडौं । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा विस्तार भएको छ । नयाँ शाखाविस्तार भएसँगै बैंकको शाखा कार्यालय संख्या २ सय ६४ पुगेको छ ।
बैंकल विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकको हालसम्म २ सय ६४ शाखा संजाल सहित २ सय ३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि(सम्पर्क कार्यालयहरु रहेका छन् ।