Connect IPS
IME Life

बैंक अफ काठमान्डूले ऋणपत्र जारी गर्न बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमान्डूले ऋणपत्र अनुमति पाएको छ । बैंकले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र ल्याउन बोर्डबाट अनुमति पाएको हो ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १६ लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो । यसमध्ये ६ लाख ४० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी ९ लाख ६० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको ‘बीओके ऋणपत्र–२०८६’ ऋणपत्र जारी गर्न लागेको हो ।बैंकको बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट एन्ड बैकिङ रहेको छ । बीओकेले १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न रेटिङ गराइसकेको छ ।

Prabhu
Crest

रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ दिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS