IME Life New

१९ जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे झण्डै ३२ अर्ब खुद बीमा शुल्क, कुनले कति आर्जन गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका नेपालका १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमास तीन महिनामा झण्डै ३२ अर्ब माथि खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार प्रथम त्रैमासको अवधिसम्ममा ३१ अर्ब ८७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

Esewa
Crest

प्रथम त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा आठ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जनको आधारमा दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिमा ५ अर्ब ३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले पहिलो त्रैमासको अवधिमा दुई अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । चौथौमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ८० करोड रुपैयाँ खृद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

नयाँ कम्पनीहरु मध्ये यूनियन लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । युनियन लाईफले चालु आवको पहिलो त्रैमासको अवधिमा १ अर्ब ४९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । युनियन लाईफ इन्स्योरेन्स कम्पनी नयाँ भएर पनि पुराना कम्पनीहरुलाई पछि पार्दै अघि बढेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, एशियन लाइफले १ अर्ब ४५ करोड रुपैयाँ, मेट लाइफलले १ अर्ब १६ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ६ करोड रुपैयाँ, गुराँस लाइफले ९६ करोड २६ लाख रुपैयाँ, सूर्या लाइफले ८३ करोड ६८ लाख रुपैयाँ, र सिटिजन लाइफले ६० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले ५४ करोड ६३ लाख रुपैयाँ, आइएमई लाइफले ५२ करोड ९२ लाख रुपैयाँ, ज्योति लाइफले ५२ करोड ९२ लाख रुपैयाँ, रिलायन्स लाइफले ४६ करोड ५२ लाख रुपैयाँ, सन नेपाल लाइफले ४० करोड २८ लाख रुपैयाँ, सानिमा लाइफले ३४ करोड ८५ लाख रुपैयाँ, प्रभु लाइफले २५ करोड ९७ लाख रुपैयाँ, महालक्ष्मी लाइफले २३ करोड ३५ लाख रुपैयाँ ख्ुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS