Connect IPS
IME Life

सिटिजन लाईफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । गत कार्तिक २५ गते बीमा समितिबाट स्वीकृत भएको नयाँ बोनसदर आज सार्वजनिक गरिएको हो ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले न्यूनतम प्रतिहजार २५ रुपैयाँ देखि ७३ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ । सञ्चालन अवधीमा कम्पनीले आर्जित आम्दानी, जीवन बीमा कोषको क्षमताको आधारमा जीवन बीमा कम्पनीहरुको बोनस दर निर्धारण हुने गर्दछ ।

Prabhu
Crest

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पाँच वटा जीवन बीमा प्रडक्टहरुमा बीमा अवधी अनुसार फरक फरक बोनस दर घोषणा गरेको छ । आज सार्वजनिक गरिएको बोनस दरमा २५ फरक फरक बोनस दर सार्वजनिक गरिएको हो ।

घोषित बोनस दर अनुसार बार्षिक अग्रिम भुक्तानी बीमा योजना बीमालेख अन्तर्गत नौ वर्षसम्म अवधीका लागि बीमा गरेका बीमितले सबैभन्दा कम प्रतिहजार २५ रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, सावधिक जीवन बीमालेख अन्तर्गत ३० वर्ष वा सो भन्दा बढि अवधीको लागि बीमा गरेका बीमितहरुले सबैभन्दा बढि प्रतिहजार ७३ रुपैयाँका दरले बोनस पाउनेछन् ।

कम्पनीले सबैभन्दा धेरै बीमा पोलिसी बिक्री गरेको सावधिक जीवन बीमा तथा सावधिक तथा आजिवन बीमालेख १५–१९ वर्षको बीमालेखको बोनस दर क्रमशः ४५ र ४० रुपैयाँ रहेको छ । उक्त दुई बीमालेखमा छ हजार ४३५ र पाँच हजार ६४५ वटा बीमा पोलिसी बिक्री गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS