Connect IPS
IME Life

सिटिजन लाइफको खुद बीमा शुल्क आर्जन ८२% ले बृद्धि, जीवन बीमा कोषमा २ अर्बमाथि, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६० करोड ८६ लाख ७३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ दशमलव ४९ प्रतिशतले बढी हो ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५४ करोड ३९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ५० लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ८२ लाख रुपैयाँ रहेको छ । महा विपत्ती कोषमा ४ करोड ७० लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ६ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ मात्र मुनाफाआर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २२ प्रतिशतले धेरै हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ११करोड ४५ लाख ८० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६२ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढी हो ।

लाइफ इन्स्योरेन्स कम्पनीको हकमा भने खुद मुनाफा बीमाङकीय मुल्यांकन पछि हेरफेर हुन सक्नेछ । यो नाफा वास्तविक नाफा होइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS