काठमाडौं । मंसिर १ गतेदेखि लागू हुने गरी सिईओ शिवनाथ पाण्डेले राजिनामा दिएपछि कामु सिईओको जिम्मेवारी पवन खड्कालाई दिइएको छ ।
कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई मंसिर १ गतेदेखि लागू हुने गरी कामु सिईओमा नियुक्त गरेको हो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् ।