IME Life New

जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन, मेट लाईफका श्रेष्ठ बने अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । आज सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको संघले जनाएको छ । साधारण सभाले मेट लाईफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय प्रमुख निर्मलकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शाखा प्रमुख अध्यक्ष रहेको संघमा नेपालमा दर्ता भएका जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु पदाधिकारी तथा सदस्य छन् । निवर्तमान उपाध्यक्ष श्रेष्ठको नेतृृत्वमा उपाध्यक्षमा सिटिजन लाईफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेल, महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् ।

संघको कोषाध्यक्षमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका प्रविन रमण पराजुली निर्वाचित भएका छन् । त्यस्तै, संघको सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका सिईओ प्रकाश विक्रम खत्री, राष्ट्रिय बीमा संस्थानका प्रसासक कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् ।

Esewa
Crest

जीवन बीमा कम्पनीहरुको साझा हितमा काम गर्ने उद्देश्यले गत वर्ष स्थापना भएको संघले जीवन बीमा कम्पनीहरुको स्वनियमनको लागि आचार संहिताको मस्यौदामाथि छलफल चलाइरहेको छ ।

जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयां कार्य समिती समक्ष रहेका चुनौती र अवसरको लागी सवै पक्षसंग समन्वय गरेर अगाडि वढ्न शुभकामना सहित नव निर्वाचित पदाधिकारीहरुलाई वधाई दिएका छन् ।

संघको साधारणसभामा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलको उपस्थिति रहेको थियो । डिजिटल प्लेटफर्म जुममार्फत सम्पन्न साधारणभाले आगामी दिनमा जीवन बीमा कम्पनीहरुलाई सही मार्गमा हिडाउने विश्वास बीमा समितिका अध्यक्ष चापागाईले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS