IME Life New

नेपाल लाईफ इन्स्योरेन्समा खर्बको कोष, जीवन बीमा कोषमै ९४ अर्ब, नाफा १२%ले बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा ठूलो नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा सहित तीन वटा कोषको आकार एक खर्ब नाघेको छ । नेपाली बीमा क्षेत्रको इतिहासमा नयाँ रेकर्ड कायम गर्दै नेपाल लाईफले चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ९४ अर्ब ८२ करोडको जीवन बीमा कोष सहित, महाविपत्ति कोषमा ६० करोड ८० लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ६६ करोड ७२ लाख सहित कूल ९९ अर्ब तीन करोड रुपैयाँको कोष बनाउन सफल भएको छ । चुक्ता पुँजि पाँच अर्ब ४९ करोड रहेको कम्पनीको कूल स्रोत एक खर्ब चार अर्ब ५९ करोड पुर्याउन सफल भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आठ अर्ब ९२ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा सात अर्ब ८१ करोड खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो १४.१६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कोरोना महामारीका बीचमा नेपाल लाईफले विगतकै सामान्य अवस्थामा झै बीमा व्यवसाय अघि बढाउन सफल भएको देखिएको छ ।

Esewa
Crest

नेपाल लाईफको खुद बीमा शुल्कसँगै नाफा पनि बढेको छ । समीक्षा अवधीमा कम्पनीले १२ प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा २२ करोड ९० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

इन्स्योरेन्सले यस अवधिमा कुल १४ हजार ४८९ दाबी बापतको ३ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ४३ करोड २० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ । नेपाल लाईफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी १६.६७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७७.७९, पिई अनुपात ८२.४४ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १९७३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS