अरुण भट्टराई
मानब जीवन निकै महत्बपुर्ण मानिन्छ किनकि, जीवन आशा र भरोसामा चलेको हुन्छ, जीवन चन्दन जस्तो महत्बपुर्ण छ, जुन जति सोनो टुक्रा होस तर सुगन्ध चन्दनको जस्तो छर्न सकियोस । जीबन यापन गर्ने क्रममा मानब जीवनका सपनाहरु यति धेरै टुट्न सक्छन कि जसले गर्दा जीव ननै उदाङ्गो बनाइदिन्छ, तर यस्तो हुनबाट बच्न तपाइ कुर्न पेशा वा ब्यवसायमा जोडिनुपर्छ , यदि तपाइ बीमा अभिकर्ता हो भने तलका सुत्र प्रयोग गर्नुहोस तपाई रोड बाट करोडपतिको यात्रामा जान ब्यवसायिक अभिकर्ता बन्न सक्नुहुन्छ ।
परिचय भद्र र संयमता गर्नुहोस्, तपाँइको परिचय दिदाँ आकर्षक तरिकाले म वा मेरो समुहले लगानीलाइ केही आर्थिक उन्नति तिर लगी सुरक्षात्मक तरीकाले केही समयमा करीब दोब्बर बनाउने काम गछौँ भन्नुहोस । तर बीमा हो नभन्नुहोस ।
तपाइको यो कुरा सुन्दा अर्काे ब्यक्तीलाइ अचम्म लाग्न सक्छ, के होला त्यस्तो भन्नुन भनेर कर गर्न सक्छ , उ सगँ कुनै समय निर्धारण गनुहोस, तत्कालका लागी अति ब्यस्त भएको महसुस गराउनुहोस र उसलाइ कुनै १ दिनको दुइवटा छुट्टाछुट्टै समय र स्थान दिनुहोस जुन शान्त या कुरागर्न उपयुक्त स्थान होस , तर हतार गरी बीमाको कुरा ननिकाल्नुहोस ।
यदि उसले तपाइलाई फोन गरी भेट्ने प्रस्ताब गर्छ भने तपाइले भनेको बिषयमा जान्न आतुर छ, अनि तपाइ भन्नुहोस म आज अलिक ब्यस्त छु २,४ ठाउमा भेट्न जानुपर्ने के गरौ भनेर उसलाइ नै प्रतिप्रस्न गनुहोस, ता कि अब भेट्ने समय र स्थानको निर्णय उसैले गर्नेछ । तर बीमाको कुरा नगनुहोस ।
निज भनेबमोजीमको समय र स्थानमा नम्रतापुर्बक सिष्टचारपुर्ण तरीकाले प्रभाबित गर्नेगरी ब्यवहारीकता बढी देखाउनुहोस, बिषय बस्तुमा तत्काल प्रबेश नगनुहोस ।
भेटको दोस्रो चरणमा पेशा, ब्यवसाय, नोकरी आदिको बारेमा सोध्नुहोस र उसले गरेका सकारात्मक कुराको प्रससा गर्न नबिशनुहोस, जब आम्दानीको कुरा, खर्चको कुरा र बचतको कुराह? ह्ुन्छन त्यहीबेला नजानिदो तर निकै महत्बपुर्ण तरीकाले बिषय बस्तुमा प्रबेश गनुहोस ।
जीवनमा आम्दानी,जोखिम,बचत, सुरक्षा,सुख र दुखको बिषयमा मज्जाले उसको भाबना,र बिचारलाई बुझेर कुरा गनुहोस कि तपाईको परीवारमा यसको निकै आबश्यकता छ भन्ने आभाष दिलाउनुहोस ।
अब तपाइको कुरा बाट उसालाइ दोधारमा पर्ने अबस्था आउन सक्छ, तब तपाइले नम्रतापुर्बक उसलाइ सोध्नुहोस उसका समस्था, ब्यथाहरु ।
बिचमा कुनै केहि आपत्ती आए, म ब्यस्तताका वाबजुत तपाइले भनेर तपाइलाइ भेट्न आए मलाइ बिश्वास छ तपाइ मलाइ खाली हात पठाउनुहुने छैन ।
यति भनिसकेपछी उसले मजबुरीका बावजुत एउटा बीमा प्रस्ताब गर्छ, र तपाइ निश्चित रकम भन्नुहुन्छ , सकिन्छ नगद लिनुहोस सकिदैन चेक लिनुहोस र सिस्टाचार पुर्ण तरीकाले पुन भेट्ने बचा गरी बिदा हुनुहोस ।
यदि चिनेजानेको ठाउमा जादै हुनुहुन्छ भने मिठाइ, कपी ,पेन वा कुनै आकर्षक सामान लिएर जानुहोस, बच्चलाइ दिनुहोस र त्यहाको माहोल बच्चमा केन्द्रित बन्दछ, सोहि समयमा अबिभाबक सगँ बच्चाको प्रसंसा गरी उज्वल हुने कुरा गनुहोस जसले गर्दा तपाँइको प्रस्ताब सहज तरीकाले स्बिकृत हुन्छ ।
कसैको बच्च जन्मीयो वा कुनै खुसियाली माहोल छ भने फरक तरिकाले प्रस्तुत हुनुहोस, अकर्षक कपडा ,पुष्प गुच्छा दोसल्ला जस्ता कुराले सम्मान गनुहास ताकी सम्बन्धमा निकै आत्मीयत बनोस र तपाइको ब्यवसायले सफलता प्राप्त गरोस ।
( लेखक जीवन बीमा कम्पनीमा कार्यरत छन् ।)