IME Life New

सानिमा र सिद्धार्थ क्यापिटलको बार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा र सिद्धार्थ क्यापिटलले वार्षिक साधारण सभा आज (कार्तिक २१ गते, शुक्रबार) गर्ने भएको छ ।सानिमा क्यापिटलले आज कम्पनीको रजिष्टर्ड कार्यालय पुतलीसडक, काठमाडौंमा साधारण सभा हुने भएको छ । उक्त सभा अपरान्ह २ बजे हुने भएको छ । सभाले ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.व.२०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

Esewa
Crest

त्यस्तै, सिद्धार्थ क्यापिटल कम्पनीले आफनो नवौँ वार्षिक साधारण सभा आज क्यापिटलको केन्दिय कार्यालय नक्साल, काठमाडौंमा साँझको ३ बजेबाट सुरू गर्ने भएको छ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।साथै उक्त सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS