IME Life New

नेपाल बैंक र साँगाचोकगढी नगरपालिकाबीच सम्झौता, बैंकले सहुलियतपूर्ण कर्जा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाबीच दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले नगरपालिका नगर प्रमुख अमानसिं तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डे, नेबैली वाग्मती प्रदेश प्रमुख सुन्दर पन्थी, नेबैली सिन्धुपाल्चोक शाखा प्रबन्धक समीककुमार दाहाल लगायतको उपस्थितमा कर्जा सम्झौता गरेको जनाएको छ ।

Esewa
Crest

नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, विदेशबाट फर्किएका, कृषि तथा लघुउद्यमको क्षेत्रमा स्वदेशमै व्यवसाय गर्ने योजना बनाएका युवालाई लक्षित गरी ‘स्वरोजगार तथा उद्यम प्रवद्र्धन कार्यविधि, २०७७’ बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो ।

सम्झौता पछि कृषि, पशुपालन, घरेलु उद्योग तथा अन्य नयाँ व्यवसाय सञ्चालन गर्न चाहने नगरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । नगरपालिकाले युवा स्वरोजगार प्रवद्र्धनका लागि विनियोजन गरेको एक करोड र बैंकले थप एक करोड गरी यस वर्ष दुई करोड ऋण प्रवाह हुनेछ ।

त्यसैगरी, ऋण लिन चाहने नगरवासीले दुई प्रतिशत ब्याजदरमा पाँच लाखसम्म बैंकको नियमानुसार बिनाधितो ऋण लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS