काठमाडौं । नेप्से ५ दशमलव ४० अंकले बढेर १,६४३ दशमलव ०३ को विन्दुमा कायम भएको छ । बैंकिङ् क्षेत्र र विकास बैंक बाहेक अरु सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।दिनभरिमा १ सय ९८ कम्पनीको ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नेपाल टेलिकमको १० करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको ८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।विशाल बजारका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने समिट माईक्रोफाइनान्स विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
महालक्ष्मी विकास बैंकका लगानीकर्ताले २ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले २ दशमलव ५२ प्रतिशतका दरले गुमाएका छन् ।