काठमाडौं । लक्ष्मी बैंकलाई एशियाली विकास बैंक (एडिबि)ले ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मानित गरेको छ ।
नेपालको अग्रणी साझेदार बैंकसँग नेपालबाट सर्वाधिक कारोबार गरेवापत लक्ष्मी बैंकलाई सम्मान गरिएको हो । एक भ्युर्चअल कार्यक्रम मार्फत बैंकलाई उक्त सम्मान प्रदान गरेको हो । बैंकले ४८ जिल्लामा रहेका १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ् एजेन्टहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।