काठमाडौं । आइसीएफसी फाइनान्सका स्वतन्त्र संचालक राजेन्द्रगोपाल श्रेष्ठको कार्यकाल समाप्त भएको छ ।श्रेष्ठको कात्तिक ७ गते चार बर्षे कार्यकाल पूरा भएको फाइनान्सले जनाएको छ । फाइनान्सले उनलाई विसं २०७३ कात्तिक ८ गते स्वतन्त्र संचालकमा नियुक्त गरेको थियो ।