काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७६/०७७ को नाफा उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।बैंकले शेयर १४ प्रतिशत र नगद लाभांश २ प्रतिशत सहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकको स्वीकृती पश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बैंकका शेयरधनीले प्राप्त गर्ने छन् । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।