काठमाडौं । कुमारी बैंकले ३ नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ ।बैंकले बझाङ्गस्थित थलारो,सप्तरीस्थित राजबिराज र इलामस्थित फिक्कलमा शाखा कार्यालय संचालनमा ल्याएकोे हो ।
नयाँ शाखा विसतारसँगै बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।