काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।