IME Life New

शिखर इन्स्योरेन्सले सुरु गर्यो क्यासलेस मोटर वीमा सेवा, सिप्रदी ट्रेडिङ संग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालकै अग्रणी निर्जिबन बीमा कम्पनीहरु मध्येको एक शिखर इन्स्योरेन्स र नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग बीच क्यासलेस इन्स्योरेन्स सम्झौता भएको छ ।

शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले सो सहकार्य सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

नेपालमै पहिलो पटक सञ्चालनमा ल्याउन लागेको यस योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्गको आफूलाई पाएक पर्ने सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्नेछन् ।

योजना अन्तर्गत टाटाका जुनसुकै गाडी दुर्घटना भए सिप्रदीका कुनै पनि आधिकारिक सर्भिस सेन्टरबाट मर्मत र बिमा दावी गर्न सकिने कम्पनीले जनाएको छ। यो योजना नेपालमै पहिलो भएको र ग्राहकलाई छिटो, झन्झटरहित, सुलभ बीमा सेवा दिने कम्पनीको दावी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS