Connect IPS
IME Life

एक करोडको बीमा गरेको २६ दिनमा कोरोनाबाट बीमितको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीको चाप जीवन बीमा कम्पनीहरुमा पनि पर्ने देखिएको छ । एक करोड रुपैयाँ जीवन बीमा गरेको एक व्यवसायीको बीमा पोलिसी खरिद गरेको २६ दिनमा कोरोना भाइरसबाट मृत्यु भएको छ ।

नवलपरासीमा ब्लक उद्योग सञ्चालन गर्दै आएका ३८ बर्षिय सुवासचन्द्र गिरीले  एलआईसी नेपालमा एक करोड रुपैयाँको जीवन बीमा गरेका थिए । गत साउन ४ गते एलआईसी नेपालकी सम्राट एजेन्सी म्यानेजर प्रभा ज्ञवालीमार्फत जीवन बीमा गराएका गिरीले जम्मा एक किस्ता मात्रै भुक्तानी गरेका थिए । उनलाई साउनको अन्तिम साता कोरोना भाइरस पोजेटिभ देखियो र भदौं १ गते मृत्यु भयो ।

Prabhu
Crest

उनको मृत्युपछि एजेन्सी म्यानेजरले निकै महेनत गरेर कागजात पूरा गरिन् र गत असोज १७ गते एलआईसी नेपालको केन्द्रीय कार्यालयमा फाइल पेश गरिन् । एलआईसी नेपालको केन्द्रीय कार्यालयले यही असोज २१ गते नै एक करोड रुपैयाँको चेक जारी गरेको छ । नेपाल एसबीआई बैंकको एक करोड रुपैयाँ चेक मृतकका हकवाला अनिता देवी गिरीलाई सोमबार एक कार्यक्रम गरी वितरण गर्न लागिएको एलआईसी नेपाल नवलपरासी शाखाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS