काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले १२ हजार ६ सय ३१ कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएको छ । बैंकका शेयरधनी भरत कुमार श्रेष्ठले आफ्नो नाममा दर्ता कायम रहेको संस्थापक शेयरमध्ये २ हजार ६ सय ३१ कित्ता शेयर विक्रीगर्न निवेदन पेश गरेकाले उक्त शेयर विक्री गर्न लागेको हो ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन आग्रह गरेको छ ।


















