काठमाडौं । एनएमबि बैंक र होटेल भिवान्तामा बीच १५ प्रतिशत छु्ट सम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका ग्राहकहरुले होटेल भिवान्तामा १५ प्रतिशत छुट पाउने छन् ।उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र होटेल भिवान्ताका तर्फबाट सहायक बिक्री प्रबन्धक इन्दिना राईले हस्ताक्षर गरेका छन्।
बैंकका ग्राहकले होटेल भिवान्ताको प्राँगणमा रहेको मिन्ट र आकृति रेस्टुरेन्टबाट खाना र पेय पदार्थहरूको खरिदमा १५ प्रतिशतम छुट सम्बन्धी पाउने छन् ।