IME Life New

सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो-दम्पती सावधिक जीवन बीमा योजना, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमालेख संचालनमा ल्याएको छ। कम्पनीले नयाँ ‘दम्पती सावधिक योजना’ ल्याएको हो। यो योजनामा एउटै वीमा लेखमा श्रीमान र श्रीमतीलाई जीवन बीमा प्रदान गरिने कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ। कम्पनीले आर्जन गरेको मुनाफामा समेत सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाईने कम्पनीले जनाएको छ।

यो योजनाको न्युनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ छ भने अधिकतम बिमांक रकम आय श्रोतको आधारमा गर्न सकिन्छ। यसको न्युनतम प्रवेश उमेर २१ बर्ष छ, भने अधिकतम ५० बर्ष छ। न्युनतम १५ र अधिकतम ३० बर्षसम्मका लागि बीमा गर्न सकिन्छ। बीमा समाप्ति उमेर ७० बर्ष राखिएको छ।
बीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जिवित रहेमा वीमाङ्क र पुरा अवधिको वोनस एक मुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ। बीमा अवधिभित्र बीमा लेख चालु रहेको अवस्थामा बिमित दम्पतीमध्ये कुनै एकको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी हुनेछ।

Esewa
Crest

बीमा लेख चालु रहेको अवस्थामा बिमित दम्पतीमध्ये बाँकी जिबित बीमितको मृत्यु भएमा बिमाङ्क समानुपातिक आर्जित वोनस एक मुष्ट भुक्तानी गरिने छ।

यो योजना योजना अन्तर्गत जीवन बीमा गरी न्यूनतम २ बर्षको बीमा शुल्क भुक्तानीपछि बीमालेख चुक्ता बीमा लेखको लागि योग्य हुने छ। त्यस्तो बीमालेखबाट बीमितले चाहेमा समर्पण मूल्य प्राप्त गर्न सकिने छ। बीमा समितिबाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले समर्पण मुल्य निर्धारण गरिने कम्पनीले जनाएको छ। बीमा लेखको धितोमा समर्पण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS