काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन दिने समय थप गरेको छ । केन्द्रिय बैंकले ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाइ एकमुष्ट रुपमा प्रदान गर्ने यस्तो कर्जाको लागि आवेदन दिने म्याद असोज ३० गतेसम्मका लागि थप गरेको हो ।
राष्ट्र बैंकले भदौ एक गतेदेखि पुनरकर्जाको लागि आवेदन माग गरेको थियो । पुनरकर्जाको अन्तिम म्याद असोज १४ गतेसम्म थियो । राष्ट्र बैंकले ऋणीहरुलाई सजिलोको लागि म्याद थप गर्ने निर्णय गरेको हो ।