काठमाडौं । साताको पहिलो दिन नेप्से ४ दशमलव ७३ अंकले घटेर १५६० दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज १ सय ९१ कम्पनीको ६९ लाख ९७ हजार ४ सय २० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ ।
विकास बैंक र फाइनान्स बोहक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा पावरकोे ९ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ६ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ।
नेपाल फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ८ दशमलव ११ प्रतिशतको दरले कमाएका छन् ।
त्यस्तै, पाँचथर पावरका लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् भने गोर्खाज फाइनान्सका लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशतले गुमाएका छन् ।