IME Life New

१९ निर्जिवन बीमा कम्पनीले दुई महिनामा उठाए पौने पाँच अर्ब बीमाशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चाल आवको दुई महिनामा झण्डै पाँच अर्ब अर्थात ४ अर्ब ७७ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्कमा समावेश गरेको छैन ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको भदौ महिनासम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले भदौ महिनासम्ममा ५८ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

Esewa
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले ३९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३५ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले २९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले २३ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले २२ करोड रुपैयाँ, ओरिन्टल इन्स्योेरेन्स २२ करोड रुपैयाँ र नेशनल लाइफले २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा पनि बीमा कम्पनीहरुले बीमा शुल्क संकलन उल्लेख्य रुपमा संकलन गर्न सफल भएका हुन् ।

तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको भदौ महिनासम्ममा अजोड इन्स्योरेन्सले २० करोड रुपैयाँ नेपाल इन्स्यारेन्सले १९ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १९ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १९ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १७ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले १४ करोड रुपैयाँ, जनरल इन्स्योेरेन्सले १२ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ११ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source : Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS