काठमाडौं । नबिल बैंकले सस्तो ब्याजदरमा शेय। धितो कर्जा उपलब्ध गराउने भएको छ । बैंकले वार्षिक ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर धितो कर्जा दिने बताएको छ । आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
हालसम्म बैंकले देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।