Connect IPS
IME Life

शोधनान्तर स्थिति बचतमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको पहिलो महिनाको आर्थिक विवरण सार्वजनिक गर्दै शोधान्तरस्थिति बचतमा रहेको जनाएको छ । चालु् आर्थिक बर्षको साउन महिनामा शोधनान्तर स्थिति २५ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले हिजो प्रकाशन गरको विवरण अनुसार अघिल्लो वर्षको सोहि अवधिमा शोधनान्तर स्थिति ९ अर्ब ३४ करोडले घाटामा रहेको थियो ।

त्यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाख रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ । यस अवधिमा पुँजीगत ट्रान्सफर ६ दशमलव ७ प्रतिशतले वृद्धि भई एक अर्ब १० करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ३ दशमलव ३ प्रतिशतले घटी १ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ३ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाख रुपैयाँले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS