IME Life

एनआईसी एशिया बैंकमा खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाको आवेदन दिन सकिने

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकले खल्ती डिजिटल वालेट मार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने नयाँ सु्विधा ल्याएको छ ।बैंकले ल्याएको यस योजनाअन्तर्गत समावेश गरिएका सर्वाधिक फाइदा तथा सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन उक्त खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थान र समयमा आवेदन दिन सक्ने छ ।

.त्यस्तै, बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहेका ग्राहकहरूले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ असोज २०७७ सम्म ५० रुपैयाँ नगद उपहार प्रदान गर्ने व्यवस्था खल्ती वालेटले गरेको छ ।

Prabhu
Crest

ग्राहकले खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ ।

सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । आवेदकको ग्राहकलाई कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएसबाट जानकारी गराउनेछ ।

साथै आवेदकले समेत यस बैंकको वेबसाइटमा गई लोन स्टाटस आफै ट्रयाक गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS