काठमाडौं । साताको दोस्रो दिन नेप्से ३ दशमलव २६ अंकले बढेर १५४० दशमलव ५१ को विन्दुमा कायम भएको छ । आज १ सय ९० कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ् , विकास बैंक, हाईड्रोपावर, फाइनान्सर म्युचअल फण्ड बाहेक अन्य उपसूचकहरु राताम्मे भएको छ ।सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको १९ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल बैकको १२ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।
अरुण भ्यालीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने एनआरएन लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
राष्ट्रिय बीमा कम्पनीका प्रमोटर शेयरले ८ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी उन्नती कोषका इकाईधनीहरुले ७ दशमलव २० प्रतिशतका दरले गुमाएका छन् ।