काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।माईक्रोफाइनान्सले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । पुस १३ गतेसम्म शेयर अभौतिकीकरण गराएकाहरुको हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।
सो मिति पश्चात शेयर अभौतिकीकरण गराएकाहरुको हकमा पनि हितग्राही खातामै बोनस जम्मा गर्ने कम्पनीले जानकारी दिएको छ ।
साथै, कम्पनीले हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई बोनस शेयर सुरक्षित गर्न कम्पनीले अनुरोध गरेको छ ।