काठमाडौं । युनिक नेपाल लघुवित्तले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।लघुवित्तले दुई करोड ७० लाख रुपैयाँ बराबरको २ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आइपीओ बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा युनिक नेपालको तर्फबाट कार्यकारी निर्देशक डा. गोपाल दहित र मुक्तिनाथका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन ।लघुवित्तको हालको चुक्तापूँजी ६ करोड ३० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात् लघुवित्तको चुक्तापूँजी ९ करोड रुपैयाँ पुग्नेछ । लघुवित्तको केन्द्रीयकार्यालय बाँकेको कोहलपुरमा रहेको छ ।