Connect IPS
IME Life

सिभिल लघुवित्तको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिभिल लघुवित्तले साउन २५ गतेदेखि निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने भदौ २९ गते (भोलि) अन्तिम दिन हो ।लघुवित्तले पुन :थप गरेको समय सोमवार सकिन लागेको हो । यस अघि भदौ १४ गतेसम्मको मिति तोकेको कम्पनीले १५ दिन थप गरी भदौ २९ गतेसम्मको अवधि कायम गरेको थियो ।

कम्पनीले १ः१ कित्ता शेयर अनुपातमा १ सय रुपैयाँ अंकित दरको ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद विक्री खुला गरेको हो । कम्पनील हकप्रद शेयर प्रयोजनका लागि असार १५ गते बुक क्लोज गरेको छ ।जसमा असार १४ गतेसम्म कायम रहेका शेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

लघुवित्तको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । साथै आश्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि घरमै बसेर दिन सकिनेछ ।

केयर रेटिङ्ग नेपालले लघुवित्तको हकप्रदाकेयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हालको चुक्त पुँजी ११ करोड ४१ लाख १४ रुपैयाँ रहेको छ हकप्रद निष्काशन पश्चात २२ करोड ८२ लाख २८ हजार पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS