IME Life New

करिब ६ लाख जनाले गरे स्वास्थ्य बिमा, स्वास्थ्य बिमा गर्ने महिला भन्दा पुरुषको संख्या कम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं, चैत्र ०२। नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ५ लाख ८८ हजार ८ सय ९४जनाले बिमा गरेका छन ।सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले तयार पारेको फागुन ३० सम्मको तथ्याङ्क अनुसार बिमा गर्नेको संख्यामा वृद्धि भएको देखिन्छ ।

स्वास्थय विमा गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या कम रहेको विमा समितिले जनाएको छ । बिमा गराएका कुल संख्यामध्ये ३ लाख १० हजार ४ सय २९ जना महिला र २ लाख ७७ हजार ९ सय २० जना पुरुष रहेका छन । तथ्याङ्कअनुसार स्वास्थ्य बीमा गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या ५ दशमलव ५३ प्रतिशतले बढी रहेको बिमा समितिले जनाएको छ ।

Crest

समितिका अनुसार सेवा विस्तार भएको बैतडी जिल्लाबाहेक अन्य जिल्लामा महिलाको आकर्षण बढी भएको समितिले बताएको छ । समितिका अनुसार सेवा विस्तार नभएका जिल्लाका नागरिकले पनि स्वास्थ्य बीमा गरेकाले उनीहरूको गणना लैङ्गिक आधारमा नभई बीमित सङ्ख्यामा मात्र गरिएको छ ।

सरकारले देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य लिएको यो कार्यक्रम हालसम्म ३१ जिल्लामा विस्तार भएको छ । तथ्याङ्कमा २४ जिल्लाको पूर्ण विवरण समावेश गरिएको छ । यसका साथै अर्घाखाँची, पश्चिम रुकुम, प्यूठान, महोत्तरीसहित पाँच जिल्लामा १ हप्ता अगाडि यो कार्यक्रम सुचारू गरिएको समितिले जानकारी दिएको छ ।

बीमा कार्यक्रममा सहभागी हुन पाँच जनाको परिवारले वार्षिक रू.२ हजार ५ सय तिर्नुपर्ने हुन्छ । यसमा प्रतिव्यक्ति १ सय वार्षिक बीमाशुल्क तिरेर ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा लिन पाइन्छ ।

यदि पाँच जनाभन्दा बढीको परिवारले प्रतिसदस्य ४ सय ५० का दरले थप बीमाशुल्क तिर्नुपर्ने हुन्छ भने सरकारबाट गरीबी परिचयपत्र प्राप्त व्यक्तिमध्ये अति गरीबलाई शतप्रतिशत, गरीबलाई ७५ प्रतिशत र सीमान्तकृत गरीबलाई ५० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको समितिले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS